राजनीति

विपक्षी गठबन्धन र नागरिक समाजबीच छलफल जारी


काठमाडौँ – विपक्षी गठबन्धनले नागरिक समाजसँग छलफल गरिरहेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनपछिको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नागरिक समाजका अगुवासँग छलफल गरिरहेको हो । छलफल नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा भइरहेको छ

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी छन् ।

कांग्रेस नेता बालकृष्ण खाणले बुद्धिजीवीहरूसँग पछिल्लो राजनीतिक अवस्थाबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा सुझाव लिने र अहिलेको परिस्थितिबारे जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरिएको जानकारी दिए ।