राजनीति

वैकल्पिक सरकार दिन नसक्दा निर्वाचनमा जान पर्याे : उपप्रधानमन्त्री पौडेल


काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताउनुभएको छ ।
बुटबलमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेतासमेत रहनुभएका पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता सिर्जना गर्दै विकासको अभियान सञ्चालन गर्नु विश्वसनीय विकल्प भएको मन्त्री पौडेलले बताउनुभयो । लोकतन्त्रको प्राण निर्वाचन भएकाले निर्वाचनसँग नडराउन पौडेलले राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।