समाचार

इन्द्रावती मेलम्ची खोलाले ३ तले घर ढल्यो


काठमाडौँ – इन्द्रावती मेलम्ची खोलाले भर्खरै मेलम्ची ११ का गोपाल दुलालको ३ तले घर ढलेको छ। खोलाको बहाव बढेपछि आज बिहान मात्र खोलाले दुलालको तीन तले घर बगाएको हो ।

पत्रकार देवराज सुवेदीले फेसबुकमा फोटो राखेर दुदालको घर ढलेको जानकारी दिनुभयो हो । वर्षा सुरु भएपछि बाढी र पहिरोले मेलम्ची बजार डुबानमा परेको छ भने धेरै जना विस्थापित भएका छन् ।