विदेश

बेलायतमा साइकलबाट लडेर एक नेपालीको मृत्यु


काठमाडौँ – बेलायतको नटिङघ शहरमा बस्दै आएका एक नेपाली युवकको साइकलबाट लडेर मृत्यु भएको छ ।

बाग्लुङको गल्कोट नगरपालिकास्थित बडागाउँ स्थायी घर भई हाल बेलायत बस्दै आएका ३४ वर्षीय बद्री चालिसको शुक्रबार साइकलबाट लडेर मृत्यु भएको हो ।

भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक उनी साइकलबाट लडेका उनका भिनाजु विष्णु चालिसेले बताए। टाउकामा गम्भीर चोट लागेका बद्रीको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचार कक्षमा मृत्यु भएको हो ।

तीन वर्षअघि पनि उनी साइकलबाट लडेर गम्भीर घाइते भएका थिए। तीन महिनाको उपचारपछि ठीक भएका उनको अहिले फेरि साइकलबाटै लडेर मृत्यु भएको छ।। चालिसे आफ्नी श्रीमतीसहित सन् २००९ देखि बेलायत बस्दै आएका थिए ।