देश

वैरागी काइँलाको स्वास्थ्यमा सुधार हुँदै


काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति तथा वरिष्ठ कवि वैरागी काइँलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ।

मस्तिष्कघात भएर अस्पताल भर्ना भएका उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको अस्पतालका जनसम्पर्क अधिकृत डा.विनोद अधिकारीले जानकारी दिए।

प्रारम्भिक रिपोर्टले प्रेसर बढेर समस्या भएको देखाएको डा.अधिकारीले बताए। ‘अहिले उहाँको अवस्था सुधार भइरहेको छ, होस आइसकेको छ, त्यसैले आइसियुमा राखेर के भएको हो भन्ने पत्ता लगाउँदै छौं,’ उनले भने।

वैरागीका काँइलाको उपचारमा डा। विश्वनाथ कोइराला, न्युरोलोजिष्ट डाक्टर कृष्ण ढुंगानालगायत टोलीले उपचार गरिरहेको जनसम्पर्क अधिकृत अधिकारीले बताए। गएराति स्वास्थ्यमा समास्या भएपछि काइँलालाई आफन्तले ओम अस्पताल ल्याइएको थियो।

८२ वर्षीय काइँलालाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या थियो।