राजनीति

विदेशी ऋणको फन्दामा हामी पर्दैनौं : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको फन्दामा नपर्ने बताउनुभएको छ । राष्ट्रको प्राथमिकतामा कुनै छिमेकी पहिलो र कुनै छिमेकी पछि नपर्ने उहाँले बताउनुभयो । शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरु दुई छिमेकीलाई कुटनीतिक चलाखीमार्फत प्रयोग गर्ने काममा नलाग्ने बताउनुभयो ।

नेपाल शान्ति र भाइचाराको पक्षमा रहेको ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि बहानामा नेपाल वैदेशिक ऋणको फन्दामा नपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्रै वैदेशिक ऋण लिने प्रष्ट पार्नुभयो ।