राजनीति

जातीय विभेदमा राज्य कहाँ उभिने ? : कांग्रेस


काठमाडौँ – नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको उल्लेख गरेको छ ।