राजनीति

निजामति ऐन अध्यादेशमार्फत ल्याउनुपर्छ – लिलानाथ श्रेष्ठ


काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपुर्ति र बढुवा रोकिदाँ कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेश मार्फत् नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्ने बताउनुभयो ।

कर्मचारीको लागि पदपुर्ति, बढुवा लगायतका मुलभुत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनको निम्ति मुख्यसचिव, प्रधानमन्त्री र आफुबीच छलफल भएको भएपनि नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिको कारण प्रदेश र स्थानीय तहमा समेत अनुशासनहिनता बढेको बताउनुभयो । उहाँले चीनबाट कोरोना विरुद्धको ४० लाख खोप ल्याउने कुरा अगाडी बढिरहेको पनि बताउनुभयो ।