राजनीति

महाधिवेशनबारे रणनीतिक छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान


काठमाडौँ – कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सिंह रणनीतिक छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार नेता शशांक निवास महाराजगञ्जमा आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु छलफलमा जुटेका हुन् ।

यसअघि पनि उनीहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।

निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।