राजनीति

महाधिवेशनबारे छलफल गर्न काँग्रेसका वरिष्ठ नेता पौडेलको छुट्टै बैठक बस्दै


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाउनु भएको छ । महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले आज दिउँसो बैठक बोलाउनुभएको हो । काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।

संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ । नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताउदै आउनुभएको छ । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलानुभएको थियो तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिरया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो । यता सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिन तयारी तीव्र पार्नुभएको छ ।

उहाँले पहिलो चरणमा आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल सक्नुभएको छ । काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरीएको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।