राजनीति

पौडेल–सिटौला गुटमा व्यवस्थापनको सकस, युवा नेताले दिए निधिलाई ‘ग्रीन सिग्नल’


काठमाडौँ – कांग्रेसको चौधौं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णयसंगै शिर्ष नेताहरु सभापती पदका लागि दौडधुपमा लागेका छन ।

पार्टीभित्र सक्रिय तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस गरेका छन ।

संस्थापनबाटै गोपालमान श्रेष्ठको नाम पनि सभापतीका लागि चर्चा छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवार हुन् । पौडेल समूहका महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले समेत आआफ्नो तयारी थालेका छन् । त्यस्तै पौडेल समूहबाटै डा. रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी छन् ।

सिटौला समूहबाट गगन थापाले सभापति पदमा उम्मेदवारी दिने चर्चा छ । देउवाले त प्रदेश १, २ र गण्डकीका निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर आफ्नो दाबी बारे बताईसकेका छन । त्यस्तै शेखर कोईराला पनि लामो समय देखि देश दौडाहामा लागिरहेका छन । तर पछिल्लो अवस्था हेर्न हो भने देउवा बाहेक चर्चा भएका अन्य आकंक्षीहरु भने मौन देखिएका छन । के गरिरहेका छन त सस्थापन ईतरका नेताहरु ?

हुन त एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि पौडेल र सिटौला गुटमा पनि नेता मिलाउन सकस देखिएको छ । यता देउवा भने आफ्नै नेतृत्वमा पार्टीलाई सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा अगाडि बढाउने भन्दै जोडतोडका साथमा लागि सकेका छन ।

तर सस्थापनभन्दा बाहिरका नेताहरु भने पार्टीलाई विधानअनुरुप चलाउन नसकेका देउवासँग फरक मत राख्ने एक ठाउँमा उभिने उनीहरु बताउछन । देउवाको नेतृत्वमा पार्टीको छवी कार्यकर्तामाझ गिरेकाले उनको विकल्प आफूहरुले दिन आफूहरु लागि परेको उनीहरुको भनाई छ । तर विश्लेषकहरु भने देउवाको विकल्प दिने भन्दा पनि उनको विकल्प आफू मात्र भएको मान्ने ईतरका नेताहरुको कारण समस्या देखिएको बताउछन । उनीहरुमा कि आफू कि देउवा नै सहि भन्ने मानसिकता रहेको उनीहरु बताउन ।

देउवालाई उपसभापति विजय कुमार गच्छदार र सहमहामन्त्री सुनिल थापाले आफूहरूले सहयोग गर्ने भन्दै अघि बढ्न सुझाएका छन । त्यस्तैे अन्य प्रदेशका नेताहरूसँग पनि क्रमशः छलफल गर्ने देउवाको सचिवालयले जनाएको छ । तर देउवाविरुद्ध मोर्चाबन्दी गरेकाहरु भने नेता व्यवस्थापनमै व्यस्त देखिएका छन ।

अर्थात देउवालाई पार्टी नेतृत्वबाट हटाउनुपर्नेमा इतर समूह एकमत भएपनि सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्ने संभावना कम देखिएको छ ।