राजनीति

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै


काठमाडौं –मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि आज बोलाएको छ ।

छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गर्नुभएको थियो । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकमा अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।