राजनीति

लुम्बिनीमा विपक्षीद्वारा बजेट छलफल बहिष्कार


काठमाडौँ – मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै पोखरेलले ल्याएको बजेटमाथि कुनै छलफल हुन नसक्ने भनी लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बहिस्कार गरेका छन् ।

आइतबारका लागि तय भएको प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष) लगायतको विपक्षी गठबन्धनले बैठक बहिस्कार गरेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले जानकारी दिनुभयो ।