राजनीति

देउवालाई सुझाव : सिटौलालाई कार्यवाहक सभापति दिनु


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाका निटक नेताले कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न सुझाव दिएका छन् । नेता भिमसेनदास प्रधानले सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था सिर्जना हुने बताएका हुन् ।

उनले बिमलेन्द्र निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए । देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।