देश

पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध, महाकालीको बाढीले १५ घर डुबानमा


काठमाडौँ – पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालबहाक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, महाकाली नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाका १५ घर डुबानमा परेका छन् । डुवानमा परेका परिवारलाई पशु चौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।