समाचार

अब मेलम्चीको पानी कहिले आउँछ काठमाडौँ ? (भिडियोमा)


काठमाडौँ –मेलम्ची नदीमा आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा व्यापकक्षती त पुर्याएको छ नै, कोठमाडौँ ल्याइएको खानेपानीको मुहानसमेत क्षतिग्रसत बनेकालेतत्काल काठमाडौँले मेलम्चीको पानी पिउन नपाउने भएका छन् । कति समयलाग्ला त मेलम्चीको पानीपुन काठमाडौँ ल्याउनलाई ?

मेलम्चीमाआएको बाढिका कारण काठमाडौँ ल्याइएको खानेपानी आपूर्ति पनि ठप्प भएको छ । अब मेलम्चीको पानी कहिलेबाट सुचारु हुन्छ पत्तो छैन । काकाकुल काठमाडौँलाई मेलम्चीको पानी आउन थालेपछि राहत महसुष गरिएको थियो । चैत्र २० गते राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेर काठमाडौँमा मेलम्चीको पानीवितरण सुरु गरिएको थियो ।दुई दशक समय र ३५ अर्ब रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न गरिएको यो आयोजनाको पानी उपत्यकाबासीको घरघरमा पुग्नै नपाई ठिक दुई महिनापछि गत जेष्ठ २० गते आपूर्ति बन्द गरेको थियो । मर्मत संहारका लागिभन्दै दुई महिनाका लागि मेलम्चीबाट पानीआपूर्ति बन्द गरेको १० दिननवित्दै मेलम्चीमा बाढि आयो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा पनि ठूलो क्षति पुर्यायो । कति क्षति भयो भन्ने यकिन जानकारी मेलम्ची खानेपानी आयोजनालाई पनि छैन । सो क्षेत्रमाअहिले पनि बाढि आइरहेका कारण मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था छैन । मुहानको प्रवेशनाका नै बाढिले भत्काइ दिएकाले त्यहाँ पुगन नसकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यद्यपी हेलीकोप्टरबाट निरिक्षण गरेको र तस्वीरहरुका आधारमा मुहानमा निर्माण गरिएको सवैभन्दा ठूलो संरचना हेडवक्समा क्षतिपुगेको छ । नदीमा निर्माण गरिएको डाइभर्सन तथा अन्यविकासे औजारहरुको क्षतिभएको छ। दुई नेपाली र तीन भारतीयकामदार गरि ५ जना वेपत्ता रहेकोमा दुई जनाको शव भेटिएको छ ।

बेलैमासुरुङ प्रवेशको ढोकाबन्द गरेकाकारण थपक्षतिहुननपाएकोबताइएको छ । यद्यपीमर्मतकालागिभनेरदुई महिनारोकिएको मेलम्चीखानेपानी आपूर्ति बाढिका कारण पुगेको क्षति पछि अबकहिलेबाट पानी आपूर्ति सुरु हुन्छ भन्ने सवैको जिज्ञासा छ । मेलम्ची खानेपानीआयोजनाले भने तत्काल पानी आपूर्ति सुरु गर्न नसकिने जनाएको छ । अहिलेसम्म स्थलगत निरीक्षण गर्न नै जान नसकेको आयोजनाका अधिकारीहरुले क्षतिको अवस्था समेत यकिन रुपमा भन्न सकेको छैन । बर्खाको दुई महिना अवधीसम्म त्यहाँ जान नसकिने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । हिउँद लागेपछि निर्माण सुरु गर्नु पर्ने भएकाले मेलम्चीको पानी पुन: काठमाडौँमा खस्न समय लाग्ने देखिन्छ ।

आयोजनाको भनाई अनुसार भत्कीएका पुरै संचरना बनाउनर थप मर्मतका कार्य समेत गर्नु पर्ने भएकाले अब मेलम्चीको पानी काठमाडौँमा आउन अझै ८ महिना लाग्न सक्छ । मुहानको संरचनाहरु निर्माण गरिए पनि बाढिले नदीका ठुलो प्राकृतिक भागलाई क्षतविक्षत बनाइएदिएका कारण पहिले झैँ सफा पानी बग्छ भन्ने यकिन गर्न सकिन्न । काठमाडौँबासीले लगभग आश मारिसकेको खानेपानी बल्लबल्ल काठमाडौँको धारमा खस्दा उल्लास सुरु भएको थियो । त्यो उल्लासले केही क्षणको पाहुनाजस्तै बनेको छ । यद्यपी सरकारले मेलम्चीको पानी काठमाडौँमा पुन: ल्याउन गम्भीर तयारी गर्न जरुरी छ ।