राजनीति

संसद् विघटनका कारण खोप खरिदमा समस्या भयो : थापा


काठमाडौँ – पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाउनुभएको छ ।
आज जूममार्फत आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा पर्याप्त खोप आइसक्ने दाबी गर्नुभयो । नेता थापाले सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गुमाएका कारण प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको आरोप पनि लगाउनुभयो । उहाँले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिशन खाने नेपालको जस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गर्नुभयो ।।