देश

आज नेपाल स्काउटको ७० औँ स्थापना दिवस


काठमाडौँ – नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताउनुभएको छ ।


आज नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्नेकुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताउनुभयो ।

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताउनुभयो । समाजमा स्वयमसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयमसेवी बनाउने गरेको उहाँले बताउनुभयो ।

केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाएको छ । देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पु¥याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयमसेवी भुमिका खेलेको छ ।