देश

रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन


काठमाडौँ – थुनिएको रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । तामाकोशी नदीको सहायक खोला रोङ्सी खोला थुनिएपछि शुक्रबार साँझदेखि त्रासमा बाँचिरहेका तामाकोशी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन सूचना जारी भइरहेका बेला थुनिएको नदी खुलाउन चिनियाँ टोली परिचालन भएको हो ।

शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ । पहिरोले खोला थुनिएपछि ताल बनेका कारण सो पानी एकपटक फुटेर तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको त्रास छ । शनिबार बिहानदेखि चीनियाँ पक्षले खोला खुलाउन पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरा भएका कारण तामाकोशी तटीय क्षेत्रका दोलखा र रामेछापका बस्तिहरुमा सतर्कता अपनाउन सरकारले आगह गरेको छ ।