मौसम

देशका धेरै स्थानमा हल्का/मध्यम र केही ठाउँमा ठूलो वर्षाको सम्भावना


काठमाडौँ – आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्टयाङसहित भारी वर्षा हुने सम्भावना छ ।