राजनीति

एमालेका दोस्रो तहका नेताबीच आज पनि छलफल


काठमाडौँ – नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता पुनः बढेको छ । नेकपा एमालेका एकताका लागि अन्तिम प्रयासस्वरुप नेताहरुबीच छलफल जारी छ ।

पार्टी फुटबाट जोगाउनका निम्ति एमालेका दोस्रो तहका नेताहरूले सक्रिय भएका छन् । यसबीच उनीहरुले आज (शुक्रबार) पनि छलफल गरेका छन् ।

ललितपुरको समिट होटलमा भएको वार्तामा पार्टीलाई एकता गर्ने सहमति भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको हो ।

स्रोतका अनुसार आज भएको छलफलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए भने माधव नेपाल(झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेका थिए ।

एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने नतो नेम्वाङले बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङको भनाई छ ।