राजनीति

गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय


काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त र निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप सशक्त बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।