राजनीति

गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु शुक्रबार दिउँसो पहिले शीतलनिवास पुगेको एक स्रोतले जानकारी दिएको छ । गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसँगै प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी पनि शीतलनिवास पुगेका छन् ।