राजनीति

पार्टी आधिकारिकताको दाबीसहित उपेन्द्र यादव पक्षले बुझायो निर्वाचन आयोगलाई पत्र


काठमाडौँँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको वैधानिकता दावीसहित पत्र निर्वाचनमा आयोगमा बुझाएको छ । पार्टी अध्यक्ष यादवले निर्वाचन आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिकारिक भएको दाबीसहित पत्र पेश गरेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि जेठ १७ गते पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो । सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए ।

दुबै पक्षले जसपा आधिकारिकता दाबी गरे पनि एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो ।