राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक सुरू


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीसमय अघि सुरू भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि दुई घण्टा ढिलो बैठक सुरू भएको हो ।

केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

कांग्रेसमा १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव छ । तर कोरोना महामारी चलिरहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेमा भने यकिन भइसकेको छैन ।