राजनीति

पार्टीको आधिकारिकता दाबी गर्दै यादव पक्ष निर्वाचन आयोगमा


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो ।