राजनीति

संघीयता बलियो बनाउने शर्तमा प्रदेश सरकारलाई सहयोग गर्छौं : गुरुङ


काठमाडौँ – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउने शर्तमा सरकारलाई पूरा सहयोग र समर्थन रहने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा बढो शालीन ढंगले सदनमा प्रस्तुत भएका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको हो ।
‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’