देश

मेलम्चीका बाढी पीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर प्रदान


काठमाडौँ – नेपाल आयल निगमले मेलम्चीका बाढी पीडितलाई खाना पकाउने ग्यास सिलिण्डर प्रदान गरेको छ । निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताउनुभयो ।

सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको र आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने पनि उहाँले बताउनुभयो । निगमले आफ्नै खर्चमा ग्यास सिलिण्डर उपलब्ध गराएको हो ।