विदेश

उत्तर कोरियाली नेता किम अमेरिकासँग वार्ताका लागि तयार


काठमाडौँ – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ताका लागि तयार रहेको बताएका छन् । उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर पहिलोपटक प्रत्यक्ष टिप्पणी गरेका हुन् । यसअघि बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरिदिएको थियो ।

किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग वार्ताको लागि विशेष रुपमा तयार रहनुपर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन । अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाइ बदमास भनेर सम्बोधन गरेका थिए ।

उत्तर कोरियाले यस विषयमा कडा आपत्ति जनाएको थियो । शुरुवाति तिक्तता मेटेर वार्ताको लागि तयार रहेको किमको सन्देशलाई लिएर अमेरिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।।