राजनीति

पार्टी आधिकारिकता दावी गर्न भट्टराई–यादव निर्वाचन आयोग जाँदै


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदैछ । अहिले दिउँसो २ बजे शीर्ष नेताहरुसहित आयोग जाने तयारी भएको नेता प्रकाश अधिकारीले जानकारी दिए ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागेको हो । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।