राजनीति

मुख्यमन्त्री नेपाली पोखरेल : स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस्


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन्।

‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं। संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पोखरेल नेपालीले भने। उनले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सो धारणा राखेका हुन्। उनले मुख्यमन्त्री नियुक्त भएपछि आफूले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे पनि चर्चा गरेका थिए। ‘नीति तथा कार्यक्रम र बजेटमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न विश्वासको मत दिन आग्रह गर्दछु,’ ।

पोखरेलले कोभिड विरुद्धको खोप अभियान अघि बढाउन र कोराना नियन्त्रणका लागि प्रदेशमा थप तयारी गर्ने निर्णय गरेको बताए। उनले आफू नेतृत्वको सरकारले पाठेघर रोगको क्यान्सर उपचारका लागि शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए। सबै जिल्ला अस्पताललाई २५ देखि ५० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ।