राजनीति

ओली–माधव नै चाहदैनन् एमाले एकता (भिडियोसहित)


काठमाडौँ – सत्तारुढ नेकपा एमालेभित्रको दुई गुटबीच शक्ति संघर्ष चर्किएर विभाजनको अन्तिम कसरतमा छ । दोस्रो तहका नेताहरु पार्टी एक बनाएर लैजाने संकल्पका साथ अघि बढीरहेको बेला दुई शीर्ष नेतृत्व टसकोमस भएका छैनन् । यसैकारण एमाले विभाजनको कारक तत्व नै केपी शर्मा ओली र माधव नेपाललाई मानिएको छ ।

सत्तारुढ नेकपा एमाले विभाजनको अन्तिम कसरतमा रहेका बेला पार्टीमा दोस्रो तहका नेताहरु एकतालाई लिएर भरमग्दुर प्रयास गरिरहेका छन् । तर पार्टीको शीर्ष नेतृत्वमा रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालभने टसकोमस भएका छैनन् । बाहिर एकता लागि जिउँ ज्यान दिएको बताउने यी दुई नेतृत्व बरु पार्टी फुटका गतिविधिलाई प्रसय दिएर आफ्नो अहंकार प्रदर्शन गरिरहेका छन् ।

केहीदिन अघिपार्टीका नेता योगेश भट्टराईले भनेजस्तै अध्यक्ष ओली माधव पक्ष बाहेकको एमाले बनाउने परिकल्पना गरिरहेका छन् । आफ्नै पार्टीको असन्तुष्ट पंक्तिलाई मिलाएर जानुको साटो विपक्षी दल जसपालाई सरकारमा सामेल गराएर ओलीले उपलब्धीको ग्राफ चढाउने प्रयासमा छन् । उता वरिष्ठ नेता नेपालले आफ्नै पार्टीको अध्यक्षलाई सरकारबाट धपाउन बर्षाैदेखिको इमान र अस्तित्वलाई तिलाञ्जली दिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नङग्रा खियाएर लागिपरेका छन् । यी दुई नेताकै कारण एमालेमा विभाजन नभई सुखै नहुने अवस्था आएको छ ।

पार्टीको सम्पूर्ण पंक्तिले सिङगो एमाले एक बनाएर लैजाने संकल्प गरिरहेका बेला दोस्रो तहका नेताहरु ओली–नेपाललाई मिलाउन निरन्तर वार्ता र संबादमा छन् ।अझ माधव पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुले पार्टी विभाजन भए आफु कुनै कित्तामा सामेल नहुने दाबी नै गरेका छन् ।

नेता बामदेव गौतमले एकताका लागि अभियान घोषणा गरेर अघि बढेका छन् । विस्तारै अन्य नेताहरुमा समेत नेतृत्वप्रतिको असन्तुष्टि बढ्दै गएको छ । बुधबार उपचारका लागि भारत जानुअघि वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई फोन गरेर एकताका लागि आग्रह गरेका थिए । खनालले एकता सफलताको बाटो भएको र फुटले बिनास मात्रै हुने भन्दै रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी फुटबाट जोगाउन आह्वान गरेका थिए । तर उनको यहीँ विज्ञप्तीलाई लिएर पनि एमालेमा अर्काे तरंग पैदा भएको छ ।ओली–नेपालबीचकै कमजोरी र समस्याका कारण एकतामासंकटमा पर्दै गएको नेताहरुको बुझाई छ ।

ओली–माधवबीच बढ्दै गएको राजनीतिक टसलको पनि कारण छ । माधवकुमार नेपाल शक्तिशाली महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्वमा रहेका बेला अहिलेका अध्यक्ष ओली दुर्बल र छाँयामा परेका थिए । १५ वर्षको अवधिमा धेरै पटक नेपालको हप्कीदप्की सहेर खुम्चीएका ओली नवौं महाधिवेशनपछि उनैलाई पछारेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसयता त्यसकै बदलाभावले ओलीलाई माधवसंग मिल्ननसक्ने अवस्थामा पु¥याएको छ । यता माधव नेपाललाईसबैभन्दा धेरै आफैले नेतृत्व गरेको पार्टीमा ओलीको तिरस्कार र निषेधको छाँयामा बस्न पटक्कै मन छैन । सोही कारण दुबै नेता एकअर्काेको इगोलाई लिएर बरु सक्किने तर नसच्चिने अवस्थामा छन् । जसले एमालेको भविष्य नै अन्यौलमा परेको छ ।