राजनीति

पार्टी आधिकारिकताको दाबी गर्ने यादव पक्षको निर्णय, ठाकुर पक्षका ९ जना पार्टीबाट निष्कासन


काठमाडौँ – जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । विहीबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरेको छ । सशरिर उपस्थित भएर निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको नेता इस्तियाक राईले जानकारी दिनुभयो ।

साथै बैठकले लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् ।

दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।।