राजनीति

जसपाको दुई समूहबीच टकराव,ठाकुर यादव पक्षको निर्णय अवैधानिक मान्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक रहेको बताएका छन् । अध्यक्ष ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी उपेन्द्र पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताउएका हुन् ।


उपेन्द्र यादवले बोलाएको बैठकले गर्ने कुनैपनि निर्णय पार्टीको आधिकारिक निर्णय हुन नसक्ने ठाकुर पक्षको को भनाई छ ।उनले यस सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि पठाइसकेको छ । ठाकुरले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुन निर्देशन समेत दिएका छन् । जसपामा विवाद चर्कीएको बेला अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति फेरफेर गरेपछि उपेन्द्र समुह थप झस्किएको छ ।

यता निर्वाचन आयोगले आफुहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिररहेको उपेन्द्र समूह भने आयोग विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।