समाचार

इजरायली वायु सेनाद्वारा गाजामा हवाई आक्रमण


काठमाडौँ – इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको बिबिसीले जनाएको छ ।

इजरायले हमासले बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको दाबी गरेको छ । हमासको एक रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ । उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मगंलवारलाई आक्रोशको दिन भनेको थियो । बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए ।

यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मंलवार इजरेलतर्फ पठाइएका थिए । दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो । हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रस्ट भइसकेको छैन ।