राजनीति

ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न माधव पक्षीय युवा संघको आग्रह


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री मध्ये एक पद छाड्न माग गरेका छन् । मंगलबार वक्तव्यमार्फत प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्न आग्रह गरेका हुन् ।

पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग गरिएको वक्तव्यमा उल्लेख छ । अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरिएको वक्तव्यमा संसद विघटनको निर्णय गलत भएको स्वीकार्नसमेत आग्रह गरिएको छ ।