राजनीति

कोरोनाका कारण रोकिएका थप मुद्दामा सुनुवाइ गर्ने सर्वोच्चको निर्णय


काठमाडौँ – कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएका थप केही मुद्दामा सर्वोच्चले सुनुवाइ सुरु गर्ने भएको छ । उपत्यकामा निषेधाज्ञा सुरुभएसँगै गम्भीर संवैधानिक र अत्यावश्यक मुद्दामा मात्रै सुनुवाइ गर्दै आएको सर्वोच्चले थप विषयका मुद्दामा पनि सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । असार ७ गतेसम्म लागु हुने गरी भएको निर्णय अनुसार नेपाल सरकार निवेदक भएको दोहो¥याई हेरि पाउँ भन्ने निवेदनहरुको दर्ता र सुनुवाइ हुने भएको छ ।