समाचार

आज सातै प्रदेशले बजेट ल्याउँदै


काठमडौँ – प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट आज ल्याउँदैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् ।

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहि अनुसार हुने प्रदेश सरकारहरुले जनाएका छन् ।

नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण गरिएका प्रदेशका आर्थिक मामिलामन्त्रीहरूले बताएका छन् । स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर बजेट तयार पारिएको उनीहरूको भनाइ छ ।