समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो


काठमडौँ – कोरोना संक्रमण केही कम भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञामा खुकुलो बनाइएको छ । आजदेखि एक हप्ता निषेधाज्ञा थप्दै थप केही व्यवसाय सञ्चालन गर्न दिइने निर्णय उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले गरेका छन् । आर्थिक गतिविधि बढाउन लागिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

आजदेखि बिहान ११ बजेसम्म खाद्य तथा तरकारी पसल सञ्चालन गर्न पाइनेछ । स्टेसनरी तथा प्रिन्टिङ प्रेससमेत खोल्न पाइने भएको छ । साँझ ४ बजेदखि ६ बजेसम्म निर्माणसम्बन्धी सामग्रीका पसल सञ्चालन गर्न दिइने भएको छ । सवारीसाधन मर्मत गर्ने वर्कसप बेलुका ९ बजेसम्म नै खुल्न पाउने भएका छन् । रेस्टुरेन्टहरूले टेकअवे सुविधा दिन पाउने भएका छन् ।

होम डेलिभरी सेवालाई पनि ७ बजेसम्म खुला गर्ने निर्णय भएको छ । सहकारी संस्थालाई समेत सञ्चालन गर्न दिने निर्णय भएको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई असार ७ गतेसम्मै सञ्चालनमा रोक लगाइएको छ ।