कोरोना विशेष

२ हजार ९१८ मा कोरोना संक्रमण पुष्टि, ५ हजार १४७ जना निको


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ९ हजार ४३८ पीसीआर र ५ हजार ३ सय एन्टिजेन परीक्षणमा कुल १४ हजार ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार १४७ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५३ जनाको मृत्यु भएको छ ।