राजनीति

वामदेवलाई भेट्न विष्णु पौडेल पुगे भैँसेपाटी


काठमाडौँ – उपप्रधानमन्त्री विष्णु पौडेल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास पुगेका छन्।

माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बोलाउने तयारी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरिएको पूर्वसन्ध्यामा पौडेलले गौतमलाई भेटेका छन् । नेकपा एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरु सक्रिय रहेका छन्। यही क्रममा उपप्रधानमन्त्रीसमेत पौडेल नेता गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका हुन् ।

भेटमा के कुराकानी भयो भन्नेबारेमा भने खुलेको छैन । माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने वामदेवले बताएका थिए।