राजनीति

स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

खनालको स्वास्थ्यमा समस्या देसखिएपछि उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई चार दिनदेखि लगातार ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएको उनको सचिवालयले जनाएको छ ।
यसअघि पनि खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।