राजनीति

नेपाली भुमिमा भारतको दबदबा रोकिएन, सरकारले वार्ताका नाममा जनता झुक्यायो(भिडियोसहित)


काठमाडौँ – नेपालले कालापानी–लिपुलेक विवादमा वार्ता चलिरहेको बताईरहेका बेला भारतले त्यस स्थानमा धमाधम निर्माण कार्य सञ्चालन गरिरहेको छ ।नेपालले वार्ता थालिरहेकै बेला भारतले दोस्रो प्रगति सार्वजनिक गरिसक्यो । तर नेपालले चाहेको वार्ता कहिले हुन्छ र जमिन कहिले फर्किन्छ भन्ने विषय थप अन्योल बनेको छ ।

भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो उद्घाटन गरेको एक वर्ष, एक महिना पुग्यो । गतवर्ष नेपाली भूभाग समेटेर निर्माण थालेपछि नेपाल–भारत सीमालाई लिएर चर्काे विवाद भएको थियो । तर नेपालमा चर्किएको विवाद सेलाउँदै गयो भने भारतले धमाधम निर्माण कार्यलाई तिव्रता दियो । फलतः नेपाली भूभागमाथि सडक निर्माणको जिम्मा पाएको सेनाको कामले भारत गर्वले छाति फुलाईरहेको छ । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभागमा सडक निर्माण गरिरहेको भारतीय सेनाको खुलेर प्रसंशा गरे ।

नेपाली भूमि हुँदै मानसरोवर जाने सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि भारतका रक्षामन्त्री सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । भारत निर्माण कार्यको प्रगतिले दंग परिरहेका बेला हाम्रो सरकार अतिक्रमित सीमा फर्काउन वार्ताको प्रयास गरिरहेको भन्दै जनताका आँखामा छारो हाल्ने काम गरिरहेको छ ।बरु सरकारमा टिकिरहने फण्डा र सत्तामा जाने भ¥याङका रुपमा वार्ता गरिरहेको भनाई दोहोरिरहन्छन् । जुन नवनियुक्त गृहमन्त्रीले समेत दोहो¥याएका छन् । विहिबार सपथ खाएपछि सरकारका गृहमन्त्री खगराज अधिकारीले नेपालको एक इञ्ज भूभाग पनि नछोड्ने दाबी गरे ।

नयाँ जोशका साथ गृहमन्त्रीमा आसिन अधिकारीले त्यसयता सीमा विवाद र जमिनको माया लगातार देखाइरहेका छन् । शनिबार पहिलोपटक सशस्त्र प्रहरी बलको कार्यालय निरीक्षणमा पुगेर नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिदैन र हामी पनि आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं भनेका छन् ।

गृहमन्त्री अधिकारीको यो जोश साँच्चिकै आफ्नो जमिन फिर्ता र निर्माण कार्य रोक्नलाई हो अथवा सत्तामा पुगेपछि यसो बोल्नै पर्छ भन्ने मानसिकता हो, आगामी दिनमा खुल्दै जानेछ । तर भारतका मन्त्रीहरुले कामका कुरा गरिरहेका बेला नेपाल भने उहीँ चिप्ला भाषणमा सिमि तबनेको छ ।महाकाली नदीवारी नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी भारतले तहसनहस पारेको छ । भारतको ज्यादतिले नदीको बहाव नेपालतिर फर्केर बाटोमै नदी पसेपछि १५ मिनेटको बाटो नेपालीहरुले घण्टौं लगाएर हिडिरहेका छन् । यसको जानकारी जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृहमन्त्रालयलाई गराएको थियो । तर मन्त्रालयबाट कुनै खालको पहल भएको छैन ।

सीमा सुरक्षाका लागि गत वर्षको असोज ९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा छाङरु पुगेर गुल्म भवन शिलान्यास गरेका थिए । सीमा सुरक्षाको जिम्मा लिएर खटिएको एपीएफ सीमाभन्दा करिब ७ किलोमिटर यतै बसेको छ । भारतका गतिविधि रोक्न खटिएका सुरक्षाकर्मीलाई सरकारबाट सहयोग नहुँदा सीमा पारी कै भारतीय सुरक्षाकर्मीको सहयोगमा खाद्यान्य खरिद गरेर खाईरहेका छन् ।

यस्तो विडम्बनाका अघि सरकारले भारतका राजदुतदेखि रअका प्रमुखसँग भेटेर गोप्य तानाबान बुनिरहेका छन् । वार्ताको लागि पठाएको नोटलाई समेत भारतले कुनै हैसियत दिएको छैन । तर आफ्नो जमिन फर्किने आशाको त्यान्द्रो विछ्याएर जनता बसिरहेका बेला सरकारको प्रगतिभने शुन्य रहँदा जनता थप निराश भएका छन् ।