राजनीति

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा धर्ना


काठमाडौँ – गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालय अगाडी विपक्षी गठबन्धनहरु धर्नामा बसेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय पुगी धर्ना बसेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले गुरुङले नक्कली दाबी पेस गरेको भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएको छ ।