राजनीति

महेश बस्नेतले भने; चुनावसम्म ओलीलाई रहन नदिन हत्याको षड्यन्त्र


काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका छन्।

शनिवार एक कार्यक्रममा बोल्दै बस्नेतले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै प्रश्न गरेका हुन्। उक्त बैठकमा वैद्यले ओली प्रवृत्तिको अन्त्य गर्न नाथुराम गोड्से चाहिएको अभिव्यक्ति दिएको थिए। उक्त अभिव्यक्तिको आलोचना पछि वैद्यले शनिवार प्रदेशसभामा आफूले बोलेको कुरा संसदीय मर्यादा भित्र नपर्ने भन्दै आत्मआलोचना गरिसकेका छन्।

भारतलाई अंग्रेजको शासनबाट मुक्त गराएका महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।