देश

राउटे युवतीमाथीे दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने युट्युबरलाई प्रेस काउन्सिलले छानबिन गर्ने


काठमाडौँ – प्रेस काउन्सिल नेपालले सुर्खेतमा राउटे युवतीमाथी भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि युट्युबमा आएका सामग्रीलाई लिएर छानबिन गर्ने भएको छ । प्रेस काउन्सिल नेपालले पीडितलाई थप पीडा पुर्याउने, व्यक्तिको गोपनीयतामा प्रतिकूल असर पार्ने साथै किशोरीकै समुदायभित्र सामाजिक विभेद एवम् घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामासमेत खतरा उत्पन्न गराएको औल्याउँदै प्रेस काउन्सिल नेपालले अध्ययन गर्ने निर्णय गरेको हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितीको शुक्रबार बसेको बैठकले युट्युबरबाट भएका आचारसंहिताका घटनामा अध्ययन गर्ने निर्णय गरेको हो।