राजनीति

गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस नेता कृष्णचन्द्र नेपालीद्वारा दाबी पेश


काठमाडौँ – गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखसँग मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उहाँ पदमुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभको थियो ।