राजनीति

सभामुख सापकोटले आह्वान गरेको सर्वदलीय बैठक सुरु, ओली अनुपस्थित


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न लाग्नुभएको हो । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित हुनुभएको छैन ।

यता स्वास्थ्यमा समस्या आएपछि एमाले नेता झलनाथ खनाल भने जुममार्फत जोडिनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी गर्नुभएको थियो । संसद् विघटन भएपछिको अवस्थाका बारेमा छलफल गर्न सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।।