राजनीति

सर्वोच्चको निर्णयप्रति शंकर पोखरेलको असन्तुष्टि, भन्छन् संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो


काठमाडौँ –नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्चले उल्टाइदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

“नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी,” भन्दै उनेले लेखेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।