राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वास गुमाएका छन् । मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन् । स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहे भने जनमोर्चाका कृष्ण थापा तटस्थ रहेका थिए ।